नेकपा एमालेमा पुनः सक्रिय राजनीति गर्ने चाहना तुहिने भएपछि पूर्वराष्ट्रपति भण्डारी अदालत जाने भएकी छिन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट राजनीति गर्न नदिने निर्णय गरेपछि भण्डारीले त्यसको हदैसम्म सामना गर्ने भएकी हुन्। "अब उहाँले खुट्टा कमाउँदिन भन्नुभएको छ, हेरौँ भोलि के निर्णय हुन्छ, अदालत जाने बाटो पनि खुल्लै छ", भण्डारीनिकट एक नेताले उनको धारणा उद्धृत गर्दै नेपालखबरसँग भने, "जे भयो, राम्रो भएन।"एमालेकै पोलिटब्युरो सदस्य आनन्द पोखरेलले केन्द्रीय क
Posted inSamachar
ओलीको निर्णयविरुद्ध भण्डारी अदालत जाने

