राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार विघटन गर्न माग गरेको छ। सोमबार जेन-जी आन्दोलमा सरकारले गरेको दमनबाट कम्तीमा २० युवा मारिएपछि बसेको आकस्मिक बैठकपछि राप्रपाले विज्ञप्ति जारी गरी सरकारको उपादेयता सकिएको ठहर गरेको हो। राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ। तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आह्वान गर्दछ।
Posted inSamachar
ओली सरकार विघटन गर्न राप्रपाको माग

