`तँ किस्ने एक नम्बरको बदमास! चुरोट तान्ने? भेटेजति केटाहरूलाई चुरोट पिउन सिकाउने? सबलाई बरालेर हिँड्ने? अब तेरो खैरियत छैन। कान खोलेर सुन्,´ राताराता आँखा पार्दै हेडमास्टर कड्किए।`मैले त्यस्तो गरेको छैन,´ ऊ प्रतिवाद गर्न खोज्दै थियो। आफ्नो बचाउमा केही शब्द बोल्न खोज्दै थियो। हेडमास्टर झन् रौद्र भए `चुप लाग् पाजी! धेर थुतुनो नचला!´ऊ मूर्तिवत् चुप लागिरह्यो। कठघरामा उभ्याइएको अपराधी जस्तो ऊ नजर झुकाएर ठिङ्ग उभिरह्यो। हेडसरसँग प्रतिवाद गर्नु भनेको सधैँझैँ लाठीले सोठ्याइमाग्नु मात्
Posted inSamachar
कथा : कोलम्बस किस्ने!

