`बुबा! अचेल हजुरको छोराको चालामाला निको छैन। राति अनेकथरी के के हो पिएर अबेला घर आउनुहुन्छ। कहिले घरमै खानपिन कार्यक्रम राखेर राति अबेलासम्म आफू पनि पिउने र अनेक साथी जम्मा पारेर पिलाउने गर्नुहुन्छ। हिजोआज त मलाई घर पनि भट्टी पसलझैँ लाग्न थाल्या छ,´ काखमा अढाई वर्षकी नानी सुताएर बसेकी बुहारीले ससुरालाई रुन्चे अनुहार लाउँदै गुनासो पोखी।`ए! कान्छाले त्यस्तो पो गर्छ? पख! म उपाय खोज्छु।´ ससुराले आश्वासन दिन खोजे।`चाँडै है बुबा! के गर्नु पर्ने हो छोरालाई गरिहाल्नुस्। हिजोआज त अति नै पिउन
Posted inSamachar
कथा: हैट! बर्बादै पो छ त!

