कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका–९ चमरसठस्थित धमौली अघिया खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।मंगलबार दिउँसो खोलामा डुबेर अशक्त बनेकी बाणगंगा नगरपालिका-७ मोतीपुरकी १० वर्षीया मनिशा विकलाई तत्काल जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
Posted inSamachar
कपिलवस्तुमा खोलामा डुबेर बालिकाको मृत्यु

