भारतीय हास्य कलाकार कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार गरिएको छ। क्यानडाको सरीमा रहेको उनको क्याफेमा चार महिनाभित्र तेस्रोपटक गोली हानिएको हो। एनडीटीभीको रिपोर्टअनुसार गुन्डा गोल्डी ढिल्लन र कुलदीप सिद्धुले सामाजिक सञ्जालमा आक्रमणको जिम्मा लिएका छन्। दुवै लरेन्स बिश्नोई ग्याङका हुन्। यसअघि शर्माको क्याफेमा गत जुलाई १० र अगस्ट ८ मा गोली प्रहार गरिएको थियो। तर मानिसलाई केही भएन।
Posted inSamachar
कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार

