सङ्खुवासभाको चैनपुर नगरपालिका-४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका २९ वर्षीय क्रान्ति तामाङको शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए।शनिबार दिउँसो विद्युत् पोल आसपास रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो। रासस
Posted inSamachar
करेन्ट लागेर हाइड्रोपावरका मजदुरको मृत्यु

