नेपाल धितोपत्र बोर्डले करिब ४७ दिनपछि आईपीओ निष्काशनका लागि अनुमति दिएको छ।कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि सबै काम प्रभावित भएका थिए।त्यसयता बोर्डबाट आईपीओ निष्काशनको स्वीकृत हुनसकेको थिएन। मंगलबार भने सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशनका लागि स्वीकृति दिइएको हो।सोल हाइड्रोपावरले बोर्डमा २ करोड कित्ता आईपीओ १ सय अंकित मूल्यमा निष्काशनका लागि अनुमति दिएको छ।यसअघि भदौ १७ गते एसवाई प्यानलको आईपीओ स्वीकृत गरेको बोर्डले त्यसयता कुनै पनि आईपीओ स्वीकृत गरेको थिएन। &
Posted inSamachar
कर्मचारीको माग सम्बोधन हुने भएपछि बोर्डबाट हुन थाल्यो काम, सोलु हाइड्रोको आईपीओ स्वीकृत

