नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरी हस्ताक्षर गरेका प्रतिनिधिहरूले आज (आइतबार) बिहान पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन्। नयाँ बानेश्वरस्थित थापा गाउँ ब्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पार्टीको जारी केन्द्रीय कार्यसमिति मंसिरमा नियमित महाधिवेशन नगर्ने र आफ्नो म्याद लम्ब्याउने रणनीतिमा लागेको आरोप लगाएका छन्। कांग्रेसका महामन्त्री गगन थापानिकट महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले हस्ताक्षरकर्ताहरूको तर्फबाट भने, ‘हा
Posted inSamachar
कांग्रेसको विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूले भने: केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप्ने चालमा छ

