नेपाली कांग्रेसले नेपालको विकासमा एआई (कृतिम बौद्धिकता) सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम गर्दै छ।पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागको आयोजनामा केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेदेखि हुने कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्।कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने विभाग संयोजक सुशीला मिश्रले जानकारी दिएकी छन्।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले प्रविधिको द्रुत विकाससँगै एआईको प्रयोगबारे धारणा राख्नेछन्
Posted inSamachar
कांग्रेसले पहिलोपटक नेपालको विकासमा एआईसम्बन्धी विशेष छलफल गर्दै

