नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकको मंसिर १ गते बस्ने भएको छ।भोलि (कात्तिक २९ गते) शनिबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको छ।एक महिनादेखि बस्दै र स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक महाधिवेशन चुनाव अघि
Posted inSamachar
कांग्रेस बैठक शनिबार नबस्ने, मंसिर १ लाई सारियो

