नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले चुनावअघि विशेष महाधिवेशनको विकल्प नभएको बताएको छ। आज बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीको संरचनागत सुधार गर्ने गरी चुनावमा जाने नेतृत्व खोज्दा डेढ महिनादेखि निर्णय गर्न नसकेको भन्दै उनीहरूले प्रश्न गरेका हुन्। 'विधानभन्दा माथि कोही छैन। पार्टी नेता कार्यकर्ताको मनोबल उकास्ने गरी चुनावमा जाने नेतृत्व चाहिएको छ। पार्टीको संरचनागत सुधार गर्ने गरी चुनावमा जानुपर्ने छ भनेर अधिवेशन माग गरेका हौँ,' नेता देवराज चालिसेले भने, 'महाधिवेशन समयमै
Posted inSamachar
कांग्रेस विशेष महाधिवेशन पक्षधरले भन्यो: निर्णय गर्न नसक्ने अहिलेको नेतृत्व लिएर चुनावमा जान सकिँदैन

