सिद्धार्थ बैं नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले खराब सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबारको खेलमा पहिले ब्याटिङ गरेको काठमाडौँले पावर प्लेमा २२ रन बनाउँदा तीन विकेट गुमायो। काठमाडौँका प्रारम्भिक ब्याटर आकाश त्रिपाठी शुन्यमा आउट भए। त्यस्तै, रिकार्डो भास्कोनसेलोसले तीन र प्रतिक श्रेष्ठले दुई रन मात्रै बनाउन सके। विराटनगरका मर्चेन्ट डि लाङगेले दुई विकेट लिए।
Posted inSamachar
काठमाडौँको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट

