जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ। गृह मन्त्रालयले बुधबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई गृहमन्त्रालय सरुवा गर्दै छविलाल रिजाललाई खटाउने निर्णय गरेको हो। रिजाल यसअघि गृहमन्त्रालयमा कार्यरत थिए। तिवारीलाई गृहमन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी तोकिएको छ। यस्तै गृहमन्त्रालयकै सहसचिव जयनारायण आचार्यले प्रशासन महाशाखाको जिम्मेवारी पाएका छन्। १२ जिल्लामा सीडीओ हेरफेर (सूचीसहित)
Posted inSamachar
काठमाडौँको सीडीओमा रिजाल, तिवारी गृहमन्त्रालय सरुवा

