धनकुटाको पाख्रिबासमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। पाख्रिबास नगरपालिका–५, भैँसेस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा.४ ख ५५०२ नम्बरको सप्तकोशी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। इलाका प्रहरी कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल धनकुटा पठाइएको छ। दुर्घटनामा घाइ
Posted inSamachar
काठमाडौँबाट खाँदबारी जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १ जनाको मृत्यु, १४ घाइते (नामावली)

