काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मंगलबार बिहान साढे १० बजे मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका- १ कुडुलेमा ना.१ ज ५०७४ नम्बरको टाटासुमो गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका-७ का ४७ वर्षीय ज्ञानबहादुर खड्का, पाल्पाको रामपुर नगरपालिका- ३ घर भएका ३२ वर्षीय सचिन मल्ल, ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ की २५ वर्षीया करिश्मा बस्नेत र निरुता बस्नेत घाइते भएका छन्।&nbs
Posted inSamachar
काठमाडौँबाट सोलु जाँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना, ४ जना घाइते

