काठमाडौँ उपत्यकामा अहिले पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा मध्यरातदेखि नै हल्का वर्षा भइरहेको हो। ‘उपत्यकाका सबै स्थानमा त होइन’, उनले भने, ‘केही स्थान अर्थात् आधाजसो ठाउँमा हल्का वर्षा भइरहेको छ।’उनका अनुसार यतिबेला सन्धुपाल्चोक, नुवाकोट, झापा, ताप्लेजुङ, संखुवासभा, तनहुँ, प्युठानलगायत जिल्लामा पनि वर्षा भइरहेको छ।
Posted inSamachar
काठमाडौँमा मध्यरातदेखि वर्षा जारी

