डेथ ओभरमा कप्तान करण केसी चम्किएपछि काठमाडौँ गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु एक सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको काठमाडौँले आठ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको हो।काठमाडौँका कप्तान करण केसी ३४ रनमा अविजित रहे। उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे। ओपनर आकाश त्रिपाठीले ३२ रन बनाए। ३६ बलमा तीन चौकाको सहयोगमा ३२ रन बनाएका आकाश शेर मल्लको बलमा डिआर्सी सर
Posted inSamachar
काठमाडौँले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

