रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको बस चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आज बिहान बस दुर्घटनामा परेको हो। घाइतेलाई तत्काल उद्धार गरी उपचारको लागि चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। बस दुर्घटना हुँदा केही समय सडक अवरुद्ध भएको थियो। अहिले दुर्घटनास्थलमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ
Posted inSamachar
काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना हुँदा ३३ जना घाइते

