काठमाडौँ महानगरपालिकाबाट निःशुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ।२०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको कामपाका उपप्रमुख सुनीता डंगोलले जानकारी दिइन्। उपप्रमुख डंगोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानुनी सेवा लिने अत्यन्तै कम थिए। कानुनी प्रक्रियामा जान झन्झटिलो र खर्च लाग्ने भएपछि नागरिक सेवा दिनबाट वञ्चित थिए। अहिले निःशुल्क प्रदान गरिने सेवा लिन वडा कार्यालयमा भिड हुने गरेको छ।&
Posted inSamachar
काठमाडौँ महानगरपालिकाबाट ६४ हजार जनाले लिए निःशुल्क कानुनी परामर्श सेवा

