काभ्रेमा एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुईजना घाइते छन्। आइतबार पनौती नगरपालिका-३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मोटरसाइकल सडकबाट अन्दाजी ६ मिटर तल खस्दा पनौती- ५ निवासी ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइक चालक सुजनाका पति ३२ वर्षीय विजय थापा र उनका छोरा ५ वर्षीय बिएन्स था
Posted inSamachar
काभ्रेमा पतिपत्नी र छोरा सवार मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

