काभ्रेको भुम्लु गाउँपालिका-८ स्थित पौवामा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। शनिबार दिउँसो १२ : २० बजेतिर रामेछापको डोरखानीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसको ब्रेक फेल भइ नियन्त्रण गुमाउँदा भित्री सडक खण्डमा दुर्घटना भएको हो। बसमा ३२ जना सवार थिए। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। सबै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनापछ
Posted inSamachar
काभ्रेमा बस दुर्घटना हुँदा २३ जना घाइते (नामावलीसहित)

