जेनजीको प्रदर्शनको फाइदा उठाउँदै भागेका झन्डै १३ हजार कैदीमध्ये २ हजार ५ सय जना पुन: कारागार फर्काइएका छन्।सोमबार र मंगबार जेनजीले काठमाडौँसहित देशभर प्रदर्शन गरेका थिए। उक्त हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै विभिन्न २६ वटा कारागारका १२ हजार ८१७ जना कैदी भागेका थिए। 'आज दिउँसोसम्मको तथ्यांकअनुसार २५ सय कैदी फेरि कारागार आइसकेका छन्। यीमध्ये केही आफैँ आए, केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो,' कारागार व्यवस्था विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले नेपालखबरसँग भने, '१२
Posted inSamachar
कारागारबाट भागेका १३ हजार कैदीबन्दीमध्ये २५ सय फर्काइए, रवि के गर्छन्?

