कारागार विभागको महानिर्देशक हेरफेर गरिएको छ। मन्त्रिपरिषद्ले यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरेपछि गृहमन्त्री रमेश लेखकले रिक्त स्थानमा सहसचिव लीलाप्रसाद शर्मालाई जिम्मेवारी दिएका हुन्। हाल गृहमन्त्रालयमा कार्यरत शर्मा यसअघि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी थिए।
Posted inSamachar
कारागार विभागको महानिर्देशक हेरफेर, भट्टराईको ठाउँमा शर्मालाई खटाइयो

