पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ।आज पौडी खेल्दै गर्दा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए। शाहीसँगै पौडी खेल्न गएका १६ वर्षीय विराज न्यौपानेलाई प्रहरी र स्थानीयले भने सकुशल उद्धार गरेका छन्। बेपत्ता शाहीको खोजतलास भइरहेको प्रहरी निरीक्षक प्रधानले बताए। घटनाका सम्बन्धमा थप अन
Posted inSamachar
कालीगण्डकीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता, अर्काको उद्धार

