स्याङ्जास्थित कालीगण्डकी नदीमा आमा-छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीले खोजी थालेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ विर्घा निवासी २७ वर्षीया श्यामकला पाण्डे र उनका छोरा ६ वर्षीय अर्पित पाण्डे बुधबार साँझदेखि कालीगण्डकी नदीमा हराएको संकेत प्राप्त भएको हो। गल्याङ नगरपालिका-५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेका छन् ड
Posted inSamachar
कालीगण्डकी किनारमा झोला, चप्पल र मोबाइल छाडेर ६ वर्षका छोरासहित महिला बेपत्ता, सशस्त्र प्रहरीले थाल्यो खोजी

