कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज च्याउसहितका केही तरकारीको मूल्य घटेको छ। तर, काउली, भन्टासहितका कतिपय तरकारी भने महँगिएका छन्। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५०, टनेलको सानो गोलभेँडा ८७, रातो आलु ६५, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १११, लोकल बन्दा ५०, स्थानीय काउली ९९, लाम्चो भन्टा ६०, डल्ले भन्टा ७५, तने बोडी १७०
Posted inSamachar
कालीमाटीमा काउली र भन्टाको मूल्य बढ्यो, च्याउको घट्यो

