कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहित केही तरकारीको मूल्य थोरै घटेको छ। तर, काउली लगायतका केही तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ। धेरैजसो तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छकालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८६, सानो लोकल गोलभेँडा २४, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर १२५, लोकल बन्दा ३२, स्थानीय काउली १२६, सेतो मुला ४६, लाम्चो भन्टा ४५
Posted inSamachar
कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउलीको बढ्यो

