कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज सबैजसो तरकारीको मूल्य बढेको छ। काउलीको मूल्य किलोमा ३३ रुपैयाँसम्म बढेको छ भने घिरौँलाको २५ रुपैयाँ बढेको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, भारतीय ठूलो गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २५, रातो आलु ५१, सुकेको भारतीय प्याज ३६, लोकल गाँजर ११५, स्थानीय काउली ७५, लोकल बन्दा ४५, लाम्चो भन्टा १५, डल्ले भन्टा ३०, तने बोडी ९० रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि करेला ५०
Posted inSamachar
कालीमाटीमा सबैजसो तरकारीको मूल्य आकाशियो

