नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किने तयारीमा रहेको रामकुमारी झाँक्री–किसान श्रेष्ठको समूहले आज पत्रकार सम्मेलन आयोजना गरेको छ। बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन आयोजना गरिएको श्रेष्ठले जानकारी दिए। एमाले फर्केको घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्नुभएको हो? नेपालखबरको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले भने, ‘होइन, एमालेमा फर्किन चाहने साथीहरूलाई आह्वान गर्न पत्रकार सम्मेलन आयोजना गरेका हौँ।’
Posted inSamachar
किसान श्रेष्ठलाई प्रश्न: आज एमालेमा फर्किने घोषणा गर्न लाग्नुभएको हो?

