साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारको कीर्तिमानी साझेदारीमा अमेरिकाले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा यूएईविरुद्द २ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९२ रनको योगफल तयार पारेको हो। सातौँ ओभरमा २८-३ को अवस्थामा रहेको अमेरिकाका लागि चौथो विकेटका लागि साइतेजा र मिलिन्दले २ सय ६४ रनको कीर्तिमानी साझेदारी गरे। १ सय ४९ बलमा साइतेजाल
Posted inSamachar
कीर्तिमानी साझेदारीमा अमेरिकाले यूएईलाई दियो २९३ रनको लक्ष्य

