सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भन्ने समाचार सत्य नभएको बताएका छन्। तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आफू जेनजी आन्दोलनले दिएको जनादेश पूरा गर्न निरन्तर क्रियाशील रहेको उनले उल्लेख गरेका छन्।‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रस्ट 
Posted inSamachar
कुलमानले मन्त्री पदबाट राजीनामा दिन लागेका हुन्?

