संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ बारे भएको छलछामबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन लेख्न सुरु गरेको छ। २१ दिनको समय दिएर गत असार २३ गते प्रतिनिधि सभाबाट गठन भएको ७ सदस्यीय छानबिन समितिले झण्डै एक सयजनासँग बयान लिएपछि प्रतिवेदन लेखन थालेको हो। ‘आजबाट प्रतिवेदन लेख्न सुरु गर्दै छौँ,’ छानबिन समितिका सदस्य एवं सांसद सुशीला थिङले नेपालखबरसँग भनिन्।समितिले विभिन्न पक्षसँग बयान, छलफल, अन्तर्क्रिया गरी संकलित तथ्य र प्रमाण 
Posted inSamachar
‘कुलिङ अफ पिरियड’मा चलखेलबारे प्रतिवेदन लेखन सुरु, संसद्का महासचिव पोलिए

