नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नीति निर्माण बनाउन आवश्यक रहेको बताएका छन्। बिहीबार नेपालखबरको दसौँ वार्षिकउत्सवको अवसरमा होटेल सोल्टीमा आयोजित नेपालखबर संवादमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसँग कुरा गर्दै प्रचण्डले कृषि क्षेत्रमा हामीले धेरै गर्न आवश्यक रहेको बताए।'अहिले हामी खाद्यान्न किन्नुपर्ने अवस्थामा किन पुग्यौँ? कहीँ न कहीँ पोलिसीमा रिभ्यु गर्नुपर्ने छ' उनले भने। उनले संविधान निर्माण भए पनि राजनीतिक स्थायीत्व नभइनसकेको बताएका छन्।
ALSO READ मन्त्रीहरु भ्रष्टाचार र घुसमा तल्लिन छन्, अनुहार छोपेर हिँड्न बाध्य छौं : राजेन्द्र बजगाईं

