भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश भएको छ।उच्च अदालत पाटनका न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ धरानैटीमा छाड्न आदेश दिएको हो। यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
Posted inSamachar
कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

