विगत केही दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज थोरै बढेको छ। सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आइतबार थप सातसय रुपैयाँ घटेको थियो।गत साताका पाँच दिन लगातार घटेको सुनको मूल्य बिहीबार थोरै बढेको थियो। सुनको भाउ आज तोलाको एक लाख ९६ हजार तीनसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार पाँचसय रुपैयाँ थियो। यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको
Posted inSamachar
केही दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज बढ्यो

