१५ कात्तिक, धनगढी । कैलालीमा डेढ लाख बढी रकमसहित सात जना जुवाडे पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–७ को पितमारीमा रहेको ग्रिन सिटी होटलमा छापा मारेर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले एक लाख ७७ हजारसहित सात जनालाई पक्राउ गरिएको बताए ।…
Posted inSamachar
कैलालीमा जुवा खेलिरहेका ७ जना पक्राउ
