कैलालीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ।जिल्लाको गौरीगंगा नगरपालिका–११ का २५ वर्षीय उमेश धामी र उनका भाइ २० वर्षीय प्रकाश धामीको डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार बिहिबार स्थानीय सुर्मा खोलामा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएका थिए। खोजीतलास गर्दा मृत फेला परेका हुन्। उनीहरुको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
Posted inSamachar
कैलालीमा पौडी खेल्न क्रममा खोलामा डुबेर दाजुभाइको मृत्यु

