कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ। झडप हुँदा कुटपिटबाट चौधरीको मृत्यु भएको हो। शुक्रबार राति भएको झडपमा २७ बन्दी घाइते भएका छन्।उनीहरुले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।झडपको कारण खुलेको छैन। घटनबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ। बिहिबारदेखि कैलाली कारागारमा दुई समूहबीच झडप चलिरहेको छ।
Posted inSamachar
कैलाली कारागारमा झडप, १ कैदीको मृत्यु, २७ घाइते

