कोसी प्रदेशको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण आज बुधबार बिहानै विराटनगरस्थित कोइराला आइपुगे। कोइराला निवासमा भेला भएका पत्रकारहरूसँग उनले कोइराला निवास ‘पवित्र भूमि’ भएको बताए। खाणले भने, ‘यो कुनै गुटको थलो होइन। हाम्रा लागि यो स्थान धार्मिक स्थलसरह पवित्र छ। कोइराला परिवारले नेपाली राजनीति र लोकतन्त्रमा पुर्याएको योगदान अमूल्य छ।’खाणले पार्टी सभापतिलाई सफल बनाउने जिम्मेवारी सबैको भएको पनि बताए। सभापति सफल भए मात्
Posted inSamachar
कोइराला निवासमा बालकृष्ण खाणले भने: यो कुनै गुटको थलो होइन

