काठमाडौँमा चार प्रहरीको मृत्यु भएको छ। कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु भएको हो।मंगलबार दिउँसो प्रदर्शनका क्रममा कोटेश्वरमा तीन जना र महाराजगन्जमा १ जनाको ज्यान गएको प्रहरी स्रोतले जानकारी दियो।जेनजी प्रदर्शनकारीहरूले महाराजगन्जमा आगजनी सुरु गरेपछि निसास्सिएर एक जना असईको मृत्यु भएको प्रहरीको भनाइ छ। कोटेश्वर प्रभागका पनि तीन जनाको ज्यान गएको हो। त्यहाँ आक्रमण गरी प्रदर्शनकारीले बन्दुक समेत खोसेका छन्।
Posted inSamachar
कोटेश्वरमा ३ र महाराजगञ्जमा १ प्रहरीको मृत्यु

