प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो। प्रदेश सरकारले एकमुष्ट रुपमा दिएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख गरेर २ करोड ८६ लाखको कार्यक्रम बैठकले तय गरेको छ। त्यस्तै प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबर
Posted inSamachar
कोसी प्रदेश अनुसन्धान प्रतिष्ठानको बजेट १० करोड

