सप्तकोसी नदीमा जलसतह बढ्दै गएपछि कोसी ब्यारेजका २७ ढोका खोलिएका छन्। आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। मंगलबार बेलुका १० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ८२ हजार २८७ प्रतिसेकेण्ड पाइएपछि २४ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो।
Posted inSamachar
कोसी ब्यारेजका २७ ढोका खोलिए

