क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ। उनी आमा शुभो राजवंशीको ६३ वर्षको उमेरमा आइतबार निधन भएको हो। लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनको विराटनगर महानगरपालिका-१४ स्थित घरमा निधन भएको हो। ललितले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा 'आई एम साे सरी मामु' लेखेका छन्।उनको आजै अन्तिम संस्कार गर्ने तयारी छ। शुभो राजवंशीका तीन छोरा र एक छोरी छन्। ललित कान्छा छोरा हुन्।
Posted inSamachar
क्रिकेटर ललित राजवंशीलाई मातृशोक

