खोटाङमा सोमबार भएको सवारी दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने सबैको पहिचान खुलेको छ। हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ जाँदै गरेका यात्रु सवार प्रदेश २-०१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माईक्रोब
Posted inSamachar
खोटाङ दुर्घटना: यी हुन् मृतक र घाइते

