नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ। जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-४ घर भई हाल ललितपुरको सुनाकोठी-२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर (ललितपुर) का प्रवक्ता चक्रराज जोशीले राससलाई जानकारी दिए। ‘जलेको अवस्थामा निजको शव भेटिएको थियो। मृतकले लगाएका कपडा र घडीका आधारमा बुधबार पहिचान खुलेको हो’, उनले भने
Posted inSamachar
गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति काभ्रेका युवक

