इजरायली सेनाले गाजा सहरमा रहेको एउटा अग्लो भवन ध्वस्त पारेको छ।यो ठूलो टावरलाई निसाना बनाइएको लगातार दोस्रो दिन हो। इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक्समा भवन भत्किएको भिडिओ सार्वजनिक गरेका छन्। इजरायल रक्षा बल (आईडीएफ) ले हमासले सुसी टावर प्रयोग गरिरहेको दाबी गरेको छ। हमासले भने यो कुरा अस्वीकार गरेको छ।यो आक्रमणमा कुनै हताहत भएको छ कि छैन भन्ने कुरा स्पष्ट छैन।शनिबारको हमलाअघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिणको एउटा क्षेत्रमा सर्न अपिल गरिएका पर्चा खसालेको थियो।सुसी
Posted inSamachar
गाजा सहरमा इजरायलको आक्रमण तीव्र, दोस्रो अग्लो भवन ध्वस्त

