गुण्डा नाइके रेस लामा भन्ने गोपाल मोक्तान पक्राउ परेका छन्।उनलाई काठमाडौँको चाबहिलबाट गौशाला प्रहरी वृत्तको सादा पोशाकको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको हो।दोलखा घर भएका लामा चाबहिलको एवान क्याफेबाट पक्राउ परेका हुन्।उनले केही दिनअघि बत्तिस पुतलीस्थित बाजेको सेकुवामा एकजनालाई हातपात गरेका थिए। एकजनामाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो। उनी विरुद्ध प्रहरीले केही दिनअघि नै पक्राउ पुर्जी लिइसकेको थियो।
Posted inSamachar
गुण्डा नाइके ‘रेस’ चाबहिलबाट पक्राउ

