सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ। पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन्।यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरू माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरू खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन्। साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ। यस क्षेत्रमा प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीका रुपमा पूजा ग
Posted inSamachar
गौरा पर्वः सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

