गौर हत्याकाण्डको छानबिन अघि बढाउने सर्वोच्च अदालतको परमादेशपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ।जिल्ला अध्यक्ष राजकुमार यादवको नेतृत्वमा सोमबार साँझ विराटनगरको रोडचोकमा करिब आधा घण्टा चक्का जाम गर्दै नाराबाजी गरेको हो।सर्वोच्च अदालतको परमादेशपछि सरकारले छानबिन प्रक्रियालाई अघि बढाउने तयारी गर्न नपाउँदै जसपाले राजनीतिक स्वार्थसिद्धिका लागि गरिएको कदम भन्दै विरोध जनाएको छ।जसपा मोरङका अध्यक्ष यादवले सरकारको कदमलाई ‘षड्यन्त्रकारी’ भन्दै आपत्ति जन
Posted inSamachar
गौर हत्याकाण्डबारे सर्वोच्चको परमादेशपछि जसपाको विरोध

